७ बैशाख २०८१, शुक्रबार
Follow Us

फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेशका नागरिकलाई बेलायत प्रवेशमा रोक

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७७, शुक्रबार २१:५६

लन्डन । बेलायतले चारवटा मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ । यात्रा प्रतिबन्ध लाग्ने मुलुकहरूमा फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश छन् ।

कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न यी मुलुकका नागरिकलाई बेलायत छिर्न रोक लगाइएको यूके सरकारले जनाएको छ । यो व्यवस्था आगामी शुक्रबारदेखि लागू हुनेछ । यी मुलुक भ्रमण गरी फर्किएका यूकेमा स्थायी बसोबास अनुमति भएका बेलायती, आइरिस र तेस्रो मुलुकका नागरिकलाई सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ ।

अध्यागमन विभागले पछिल्लो समयको तथ्यांक विश्लेषण गर्दा यी देशबाट फर्किएकाहरूबाट कोरोनाको नयाँ प्रजाति फैलने जोखिम बढेको दाबी गरेको छ ।