८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी संसद भवन क्षेत्रमा चक्कु आक्रमण, एक प्रहरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७७, शनिबार ०५:००

अमेरिकाको राजधानी वासिङटन डिसीस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालकले प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीको गोली लागेर आक्रमणकारीको पनि मृत्यु भएको छ । आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारी घटनामा सबैभन्दा पहिले खटिने क्रममा चक्कु आक्रमणमा परेका हुन् ।

आक्रमणकारी २५ वर्षका नोहा ग्रिन नाम गरेका व्यक्ति रहेको र उनी विगतमा कुनै पनि प्रकारको आपराधिक गतिविधिमा संलग्न भएको सूचना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको पनि अधिकारीले बताएका छन् । संसद भवनमा तीन महिना पहिले तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।