१५ चैत्र २०८०, बिहीबार
Follow Us

अफ्रिकामाथि पाकिस्तानकाे जीत

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७७, शनिबार ०५:०६

दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर्धारित ५० रनमा नै भेट्टायो ।

कप्तान बाबर अजामले शतक बनाएपछि पाकिस्तानका लागि जीत नजिक पुग्न सहज भएको हो । पाकिस्तानलाई अजामले १०३ रनको शतकीय पारी खेले । १०४ बल खेलेका आजामले १७ चौकाको मद्दतमा शतक बनाएका हुन् ।

यस्तै इमाम उल हकले ७० रनको योगदान दिए । दक्षिण अफ्रिकाका एनरिक नोट्जेले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७३ रन बनाएको थियो ।

उसका लागि रसी भानडेर डुसेनले शतक बनाए । उनले १२३ रनको शतकीय पारी खेल्दा डेभिड मिलरले ५० रन बनाए । पाकिस्तानका शहिन अफ्रिदी र ह्यारिस रउफले समान दुई दुई विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।