१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुबईबाट ल्याएको ३३ किलो सुनसहित ३ जना पक्राउ

नेपालब्रिटेन डट कम्
२१ पुष २०७३, बिहीबार १२:०९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्दाजी ३३ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।
बुधबार दुबईदेखि एयर अरेबियाको जहाजबाट काठमाडौं आएका उनीहरुलाई काठमाडौं पिंगलास्थानबाट २ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेपालगन्जका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले रहेको सीआईबीले जनाएको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।