१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल-खनाल समूहले आज संगठन सृदृढीकरण अभियान घोषणा गर्दै

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७७, शनिबार ०५:०९

काठमाडौं । नेकपा एमाले माधव नेपाल- झलनाथ खनाल समूहले आज संगठन सृदृढीकरण अभियान घोषणा गर्ने भएका छन् । आज दिउँसो ३ बजे बस्ने स्थायी कमिटी बैठकले देशव्यापी संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजनासमेत गरेको थियो । त्यसपछि यो समूहले समानान्तर कमिटी गठन गर्दै आइरहेको छ ।

यता एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।