१३ बैशाख २०८१, बिहीबार
Follow Us

झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी डल्लुमा

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७७, शनिबार ११:३४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् । राष्ट्रपति भण्डारी आज खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी हुन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।

इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपतिले त्यहीबेला झलनाथ खनालसँग पनि भेटघाट गरेको स्रोतका भनाई छ । ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो’ स्रोतले भन्यो । पछिल्लो समय एमाले आन्तरिक विवादमा रुमल्लिएको अवस्थामा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।