२६ बैशाख २०८१, बुधबार
Follow Us

झलनाथ-माधव समूहले गर्‍यो दुई महिने अभियान घोषणा

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७७, शनिबार ११:३५

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी एकताको पक्षमा दुई महिना अभियानको घोषणा गरेको छ । आज (शनिबार) कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको हो ।

नेता योगेश भट्टराईले बैठकपछि पत्रकारसँग कुरा गर्दै विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने जानकारी दिए । ‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने उनले बताए । उनले अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने समेत बताए ।

नेता भट्टराईका अनुसार बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको छ । आजको बैठकले आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको उनले बताए ।