१३ बैशाख २०८१, बिहीबार
Follow Us

२५ वर्षीय छोरीले दिइन् बुबालाई कलेजो

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७७, आईतवार ०८:००

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ । शनिवार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो।

केन्द्रका निर्देशक डा‍. प्रेमराज ज्ञवालीका अनुसार केन्द्रमा शनिवार ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीय छोरीले कलेजो दान गरेकी हुन् । केन्द्रमा कार्यरत डा‍. छेतेन योञ्जन, डा‍. अनिसा तिवारी, डा‍. ललित दास, एनेस्थेसियामा डा‍. आरती राई, डा‍. सुशील तामाङ तथा नर्सहरू विनीता उप्रेती र अनिता लगायतको टोलीले प्रत्यारोपण गरेका हुन्।

टोलीलाई भारतको म्याक्स अस्पतालबाट डा‍. शलिन अग्रवालको नेतृत्वमा आएको विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा‍. ज्ञवालीले जानकारी दिए । यो सँगै नेपालका तीनवटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ। केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।