१२ बैशाख २०८१, बुधबार
Follow Us

टोटनह्यामलाई न्यूक्यासलले रोक्यो

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७७, सोमबार ०५:१४

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ । म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । गएराति साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो । इग्लिस प्रिमियर लिगमा गएरातिका खेलहरुपछि ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।