१५ चैत्र २०८०, बिहीबार
Follow Us

आरजीएनएस यूकेको अध्यक्षमा जीत रानाभाट

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७७, सोमबार ०६:३९

लण्डन । ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) को अध्यक्षमा जीत रानाभाट निर्विरोध निर्वाचित बनेका छन् ।

आज सम्पन्न भएको चौथो महाधिवेशनमा साउथ इष्ट लन्डनका नेपालीहरुको प्रतिनिधि संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा रानाभाटको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । अध्यक्षमा निर्विरोध रानाभाट आरजीएनएसको वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।

यसअघि उनले संस्थाको महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् । रानाभाट गैरआवासीय नेपाली संघ बेलायतमा पनि अहिले सचिव छन् । अध्यक्षसंगै १५ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् । कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी निर्विरोध बनेका छन् ।

उनीहरुमध्ये लिलादेवी यसअघि पनि उपाध्यक्ष नै थिइन् । त्यस्तै, वर्तमान कार्यसमितिकी महासचिव मञ्जु भण्डारी नयाँ कार्यसमितिमा पनि महासचिवमै निरन्तर हुने भएकी छन् । नयाँ कार्यसमितिको सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा निर्विरोध बनेका छन् ।

कार्यसमितिको ४ सदस्यमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी निर्विरोध बनेको छ भने बाँकी ४ सदस्य पछि मनोनित हुने व्यवस्था छ । भर्चुअल माध्यमबाट आज सम्पन्न भएको संस्थाको चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

त्यसअवसरमा संस्थाका वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल भएको थियो। भर्चुअल माध्यमबाट आज सम्पन्न भएको संस्थाको चौंथो अधिवेशनमा बेलायतका निकै धेरै सस्थाहरु बाट प्रतिनिधित्वको बाक्लो रुपमा उपस्थिति थियो। नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया कर्ण शाहीको संयोजकत्वमा रहेको समितिले सम्पन्न गरेको थियो । समितिमा फडिन्द्र भट्टराई सदस्यसचिव थिए भने राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य थिए ।