१६ चैत्र २०८०, शुक्रबार
Follow Us

के एनआरएनए अमेरिकाको पूर्वअध्यक्ष केशव पौडेल जेल जान्छन् ? (Exclusive Audio)

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७७, सोमबार ०७:३७

लण्डन । पटकपटक विवादमा मुछिएका गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष केशव पौडेल फेरी विवादमा तानिएका छन् ।
सन् २०१९ मा संघको निर्वाचन १०९३ मत फर्जी बनाएर आफु निकट सुनिल शाहलाई नेतृत्वमा ल्याउन सफल पौडेलले ती मतदाता फर्जी भएको भेटिएमा निर्वाचित कार्यसमिति भंग गर्न र जेलजान तयार रहेको अडियो नेपालब्रिटेन डट कमले प्राप्त गरेको छ ।

तत्तकालिन नेतृत्वको लागि अध्यक्षका प्रत्यारी सूर्य लम्सालले संघको निर्वाचनमा नक्कली मतदाता प्रयोग भएको उजुरी आइसीसीमा दिएका थिए ।
संघका तत्कालिन अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसी सहितको बैठकमा पौडेलले नक्कली मतदाता ठहरिए जेल जान तयार रहेको बताएका थिए ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा गठित छानविन समितिले ती मतदाताहरु फर्जी भएको ठहर गरे पछि संघको कार्यसमितिनै अवैध हुने भएको छ। समितिले बैधानिकता गुमाए पछि सोही समितिको सकृयतामा मे महिनामा हुने निर्वाचनको समेत वैधानिकता माथि प्रश्न उठेको छ ।

अडियो यहाँ सुन्न सकिन्छ