१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए सचिवालय मार्फत ह्वील चेयर हस्तान्तरण

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७७, सोमबार १०:४०

लण्डन । गैरआवासीय नेपाली संघको परोपकारी तथा मानवकल्याण हितका कार्य अन्तर्गत शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको लागि ह्वील चेयर हस्तान्तरण गरिएको छ ।
गैरआवासीय नेपाली संघका मानार्थ परिषद सदस्य कपिल देव थापाले
१० थान ह्वील चेयर सोमवार गैरआवासीय नपाली संघको कार्यालय मार्फत हस्तान्तरण गरेका हुन् ।
नेपाल ल्याउन भौतिक तथा आर्थिक सहयोग गर्ने एनसिसि जापानको अनुरोधमा एनसिसिका अध्यक्ष देवीलाल भण्डरीलाई हस्तान्तरण गरेका हुन् ।

एनसिसि जापानका अध्यक्ष भण्डारीले १० थान ह्वील चेयर मध्ये एक थान बागलुङ निवासी महेन्द्र बहादुर क्षेत्री र एक थान म्याग्दी निवासी कृष्ण बहादुर घिमिरेको सहयोगको लागि ती चेयर हस्तान्तरण गरे ।

बांकी ८ थान ह्वील चेयरहरु असहजताका कारण उपस्थित हुन नसक्नेहरुका घरदैलोमै हस्तान्तरण गरिने छ । हस्तान्तरण कार्यक्रममा मोबेलिटि डिभाइसका प्रतिनिधि र सचिवालयका कार्यकारी निर्देशक राजेश रानाको उपस्थिति रहेको थियो ।