७ बैशाख २०८१, शुक्रबार
Follow Us

२६६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७७, सोमबार १२:३०

काठमाडौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । .सोमबार थप २ सय ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २ सय १० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो समय १ सय २ जना संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा दुई लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १८ सय ३२ जना आइशालेशनमा र ६४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ८९ हजार ८ सय २४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।