८ बैशाख २०८१, शनिबार
Follow Us

शान्ति नेपाली समाजको अध्यक्षमा भोजराज भण्डारी

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७७, सोमबार २२:२८

लण्डन। शान्ति नेपाली समाज बर्मिङ्घम युके अध्यक्षमा भोजराज भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । सोमबार सम्पन्न महाधिवेशनबाट बर्मिङ्घम शहरलाई लामो समयदेखी कर्मथलो बनाउदै समाजसेवी भण्डारी निर्विरोध निर्वाचित भएका हुन ।

नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा गोकर्ण हुमागाई, कमला ढकाल, सचिव महेन्द्र काफ्ले, सह सचिब पदम शाही, कोषाध्यक्ष दिनेश कंडेल, सह(कोषाध्यक्ष रामेश्वर अर्याल छन ।

कार्यसमितिका सदस्यहरुमा निशान्त बद्रचार्य , छुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु (ढल बहादुर) खत्री, बाबुराम भुसाल, डीएन खरेल, यादव बिक, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी र कृष्ण खरेल चयन भएका छन् ।