१६ चैत्र २०८०, शुक्रबार
Follow Us

११ कम्पनी कालो सूचीमा

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७७, मंगलवार ०५:५८

काठमाडौँ । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जानकारी दिएको छ ।

सडक विभाग, सडक डिभिजन कार्यालय हेटौँडाले लेखी पठाए बमोजिम ११ वटै कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय निर्णय गरिएको कार्यालयलेजनाएको छ ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा भनिएको छ ।

कालो सूचीमा परेका कम्पनीहरूमा हेटौँडाको हेटौँडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृति कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौँको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा छन् ।