१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणिकरण

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७७, मंगलवार ०८:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संशोधित विधान परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गरेको छ । गत जनबरी २३ र २४ तारिखमा सम्पन्न संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित संशोधित विधान परराष्ट्र मन्त्रलायले प्रमाणिकरण गरेको हो ।

विधान संशोधन सुझाव समिति तथा संशोधनको लागि भूमिका खेल्नु सबैलाई एनआरएनए अध्यक्ष कुमार पन्तले धन्यवाद दिएका छन् ।

विधान लागू हुने कानून र गणपुरक सँख्या साविक अनुसार (२०१७ को विधान वमोजिम) हुने तथा संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा साधरणसभा अनलाइनमार्फत गर्न मन्त्रालयलाई पूर्व जानाकारी गराउनुपर्ने र सो को अनुगमन मन्त्रालयले आवश्यक अनुसार गर्न सक्ने व्यवस्था राख्नेबाहेक अन्य सबै संशोधन प्रस्तावहरुमा मन्त्रालयले स्वीकृति दिएको छ ।

संशोधित विधान अनुसार आफ्ना गतिविधिहरु गर्न सबै राष्ट्रिय समन्वय परिषदलाई निर्देशित गरिएको छ । प्रमाणित विधान संघको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ ।