१५ चैत्र २०८०, बिहीबार
Follow Us

नाइजेरियाको जेलबाट १८०० कैदी फरार

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७७, बुधबार ०५:०९

अबुजा। नाइजेरियाको एक जेलमा बन्दुकधारीहरूले आक्रमण गरेपछि १ हजार ८ सयभन्दा बढी कैदीहरू भागेका छन् । दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गरेपछि आक्रमणकारीहरू जेलभित्र पसेका थिए ।

भागेका कैदीमध्ये ६ जना फर्किएका अधिकारीहरूले जनाएका छन् । ३५ जना भने भाग्न अस्वीकार गरेका थिए । प्रतिबन्धित पृथकतावादी समूह ‘द इन्डिजेनस पिपुल्स अफ बियाफ्रा’ ले जेलमा आक्रमण गरेको प्रहरीको दाबी छ । तर उक्त समूहले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार जेलबाट १ हजार ८ सय ४४ कैदी फरार भएका हुन् । एउटा ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू सोमबार बिहान ओवेरी जेलमा प्रवेश गरेका थिए ।