६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षमा रोजिना प्रधान राईले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७७, बुधबार १६:३६

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको आगामी नेतृत्वको लागि रोजिना प्रधान राईले उम्मेदवारी दिने भएकी छन् ।

वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेकी राईले जुलाई महिनामा हुने संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेवार हुने भएकी हुन् । उनले गत कार्यसमितिको निर्वाचनमा लोकप्रिय मत ल्याएर महिला उपाध्यक्ष जितेकी थिइन् ।

रोजिहिरा फाउण्डेसनकी प्रवन्ध निर्देशक रोजिना प्रधान राई बेलायतको नेपाली डायस्पोरामा सक्रिय एनआरएन अभियान्ता हुन् । उनले गैरआवासीय नेपाली संघ यूकेको संघसंस्था विभागको प्रमुख रहेर सकृय रुपमा काम गर्दै आएकी छन् ।

महिला उद्यमी समेत रहेकी रोजिनाले रेष्टुरेन्ट, क्यास एण्ड करी लगायतको व्यवसाय संचालन गर्दै आएकी छन् ।

उनी राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल लगायतका अवार्डले समेत सम्मानित भएकी छन् ।

उनले एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स र युनिभर्सिटी अफ वेष्ट लन्डनमा नर्सिंङ गरेकी छन् ।