१२ बैशाख २०८१, बुधबार
Follow Us

राप्रपाले यथास्थितिमा संशोधन विधेयक नस्वीकार्ने

नेपालब्रिटेन डट कम्
२२ पुष २०७३, शुक्रबार ११:२४

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको समर्थन गर्न नसकिने स्पष्ट पारेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले सत्तापक्ष भएपनि छलफल नै नगरी ल्याइएको विधेयकमा राप्रपाको नैतिक बन्धन नरहेको स्पष्ट पारेका हुन् । संशोधन विधेयक यथास्थितिमा स्वीकार्न नसकिने दोहो-याएका उनले दलीय सहमति बिना विधेयकलाई प्रक्रियामा लैजाँदा राजनीतिक गतिरोध गहिरिँदै जाने दावी पनि गरे ।
राप्रपाले नयाँ शिराबाट समझदारी कायम गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिएको छ । राप्रपाले संशोधन विधेयकमा समझदारी कायम गर्न सर्वपक्षीय उच्चस्तरीय संयन्त्र निर्माण गर्न, विषयवस्तुमा नभए प्रक्रियामा सहमति गर्न, संसद तत्काल सुचारु गरेर निर्वाचनसम्बन्धी विधेयकलाई प्राथमिकतासाथ अगाडि बढाउन र निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवदेन बुझ्न आनाकानी गर्नु आपत्तिजनक रहेको बताएको राप्रपाले यही संसदको कार्यकालभित्रै राप्रपाले मुलुकलाई हिन्दुराष्ट्र बनाउन र धर्मनिरपेक्षता खारेज गर्न प्रस्ताव लैजाने जानकारी पनि दिए ।