१९ बैशाख २०८१, बुधबार
Follow Us

गोर्खा संगठनहरुले पठाए प्रधानमन्त्री ओलीलाई पत्र

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७७, बुधबार १९:०३

लन्डन । ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिन पछि भूतपूर्व गोर्खा सैनिक संगठनहरु तथा एनआरएनए गोर्खा विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त ज्ञापनपत्र पठाएका छन्।

उक्त ज्ञापनपत्रमा सेवानिवृत्त बृटिश गोर्खा सैनिकहरुका समस्यामा केन्द्रित रहेर संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुंदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसंग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ।

त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचनाहरु र तत्सम्वन्धमा नेपाल सरकारको आधिकारिक धारणा समेत अविलम्व सार्वजनिक गर्न माग गरिएको छ।

विभिन्न गोर्खा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासमा उक्त ज्ञापनपत्र बुझाइयो। ज्ञापनपत्र बुझाउन गेसोका कार्यवाहक अध्यक्ष धर्म तामांग, संयुक्त प्राविधिक समितिका सदस्य नरहाङ्ग राइ, एनआरएनए युकेका उपाध्यक्ष तथा गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगर, एनआरएनए युकेका उपाध्यक्ष तथा गोर्खा विभागका उपसंयोजक नारायण कंडेल, एनआरएनए उत्तर आयरल्याण्ड राज्य परिषदका कोषाध्यक्ष देवीराम निउरे, लगायतका अभियन्ताहरु दूतावास पुगेका थिए।