१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौँ आज पनि विश्वको वायु प्रदूषित शहरहरूको अग्रस्थानमा

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७७, बिहीबार ०४:३७

काठमाडौं । काठमाडौँ आज पनि विश्वको वायु प्रदूषित शहरहरूको अग्रस्थानमा रहेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै काठमाडौँसहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदुषण अझै नहटेको हो ।

वायु प्रदूषणबारे मापन गर्ने अमेरिकी एक्यूआईले बिहीवार पनि काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बर सूचीमा राखेको छ । अमेरिकी एक्यूआईका अनुसार बिहीवार बिहान ७:०५ बजेसम्म काठमाडौँको वायु प्रदुषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) २३४ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा भने केही कम हो ।

काठमाडौँपछि भारतको नयाँ दिल्ली प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा रहेको छ । सामान्यत एक्यूआई ५० भन्दा माथि हुनुलाई राम्रो वायु मानिदैन । देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको हो । स्वास्थ्यविद्हरुले प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या, आँखा पोल्ने, छालामा संक्रमणजस्ता विभिन्न समस्या देखिन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।