१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रवासी नेपाली एकता मंच यूकेले नयाँ वर्ष शुभकामना कार्यक्रम गर्दै

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७७, बिहीबार ०४:४५

लन्डन । नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रवासी नेपाली एकता मंच यूकेले ‘सम्बृद्ध नेपाल-सुखी नेपाली’ को नारासहित ‘नव वर्ष २०७८ शुभकामना’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कोरोना महामारीका कारण बेलायतमा पूर्ण रुपमा लकडाउन खुलीनसकेको हुँदा कार्यक्रम भर्चुअल माध्यमबाट हुने कार्यक्रम संयोजक विनोद ज्ञावलीले जानकारी दिए ।

यहि अप्रिल १८ तारिख आइतबार हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण नेपाली संघ-संस्था, वैचारिक संस्थाहरु र नागरिक समाजलाई सहभागी हुनको लागि आयोजक प्रवासी नेपाली एकता मंच यूकेले आग्रह गरेको छ ।

प्रवासी नेपाली एकता मंच यूके अध्यक्ष भक्त गुरुंगको अध्यक्षतामा आयोजना हुन गइरहेको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पर्यटन तथा संस्कृति मन्त्री भानुभक्त ढकालको उपस्थिति रहनेछ ।

साथै कार्यक्रममा प्रतिनिधि सभा सांसद कोमल ओली, जनगायक बैकुण्ठ महत र गायिका प्रिया भण्डारीको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।