१५ चैत्र २०८०, बिहीबार
Follow Us

विमानस्थलका २९ कर्मचारी छानबिनको घेरामा

नेपालब्रिटेन डट कम्
२२ पुष २०७३, शुक्रबार ११:४३

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार विभागमा रहेका २९ कर्मचारीमाथि सरकारले छानबिन सुरु गरेको छ । एक उपसचिवसहित २९ कर्मचारीलाई सरकारले छानबिन सुरु गरेको हो । हिजो बिहीबार दुबइबाट ल्याइएको ३४ किलो सुन प्रहरीको सीबीआईले विमानस्थल बाहिर पक्राउ गरेको थियो । विमानस्थलको भन्सार विभागबाट उक्त सुन कसरी बाहिर आयो भन्ने विषयमा सरकारले छानबिन सुरु गरेको हो । भन्सार कर्मचारीको संलग्नता बिना त्यत्ति ठूलो परिणामको सुन बाहिर आउन सम्भव हुँदैन ।