१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको नागरिकता निरन्तरताबारे वृहद् अन्तरक्रिया हुँदै

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७७, बिहीबार ११:०९

लन्डन । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाली ऐन सम्बन्धमा वृहद् अन्तरक्रिया हुने भएको छ । आउँदो आइतबार नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुने उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्च यूकेले आयोजना गरेको हो ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथि रहेका छन् । सांसद पोखरेल विषयगत जानकार मानिन्छन् ।

यसैगरी कार्यक्रममा अतिथिहरु गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ रहेका छन् । प्रवासी नेपाली एकता मञ्च यूके अध्यक्ष भक्त गुरुङ तथा कार्यक्रम संयोजक मञ्चका उपमहासचिव डा. मुकुन्द बास्तोला रहेका छन् ।