७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा एकै दिन १ लाख २६ हजार बढीमा कोरोना पुष्टि

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७७, बिहीबार १८:५६

कोरोना संक्रमणको पुन: हटस्पट बन्दै गएको भारतमा एकै दिन १ लाख २६ हजार बढीमा संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा थप १ लाख २६ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै त्यहाँ कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १ करोड २९ लाख २६ हजार नाघेको छ । जसमधये ९ लाख १० हजार सक्रिय संक्रमित छन् । यस्तै, २४ घण्टामा कोरोना संक्रमित थप ६ सय ८४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

ब्रजिल र अमेरिकामा पनि संक्रमणदर बढ्दो छ । ब्रजिलमा एकै दिन ९१ हजार कोरोना संक्रमित थपिदा अमेरिकामा थप ७५ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, भारतमा कोरोनाविरुद्धको खोप अभियानलाई लिएर केन्द्र र विभिन्न राज्य सरकारबीच विवाद शुरु भएको छ । महाराष्ट्र, दिल्ली, पञ्जाव लगायत राज्यलाई खोप अभियान कमजोर भएको भन्दै सुधार गर्न केन्द्र सरकारले निर्देशन दिएको छ । राज्यहरुले भने केन्द्रले पर्याप्त खोप वितरण गर्न नसकेको आरोप लगाएका छन् ।