१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७७, बिहीबार १८:५८

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ । हालसम्म ३० लाख २ हजार ८ सय २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरस शुरु भएको १ बर्षमा मृत्यु हुनेको संख्या २० लाख पुगेकोमा पछिल्लो ३ महिनामा मात्र १० लाख थपिएर ३० लाख पुगेको रोयटर्सले उल्लेख गरेको छ । १३ करोड २० लाख जनामा संक्रमण पुष्टि भएको छ ।

विशेषगरी ब्रजिल र भारतमा संक्रमण र मृत्युदर बढ्दो छ । ब्रजिलमा २० घण्टाको अवधिमा कोरोना संक्रमित ४ हजार बढीले ज्यान गुमाएका छन् । नयाँ भेरियन्टका काण ब्रजिलमा पछिल्लो समय संक्रमणदर पुन: बढ्दै गएको छ । ब्रजिलका अस्पतालहरुमा बिरामीको भीड बढेको छ । कतिपय अस्पतालमा उपचार नपाएर कयौंको ज्यान गएको छ ।

संक्रमणदर उच्च भएपछि त्यहाँको स्वास्थ्य प्रणाली नै कमजोर बनेको छ । तर राष्ट्रपति जैर बोल्सोनारोले लकडाउन लगायत प्रतिबन्धहरु लगाउन नपर्ने बताउँदै आउनुभएको छ ।