११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालको वायु प्रदूषणमा सुधार, पहिलोबाट पाचौं स्थानमा

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७७, शुक्रबार ०५:०८

काठमाडौं । वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ । शुक्रबार बिहान मात्रै नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ ।

आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ ।

यस्तै २ सय सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ भने एक्वुआई ३ सय पुग्नुलाई जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि हुनुहलाई झनै घातक मानिन्छ । यसअघिका दिनहरुमा नेपालको प्रदूषणको मात्रा ३ सय एक्यूआइको हाराहारीमा रहँदै आएको थियो ।

अहिलेको सुचकांकका अनुसार पाकिस्तानको लाहोर सहर १ सय ९६ एक्युआईसहित शीर्ष स्थानमा छ । पाकिस्तानपछि भारतको दिल्ली दोस्रो, बंगलादेशको ढाका तेस्रो तथा चीनको सेन्याङ चौथो स्थानमा छ ।