१३ बैशाख २०८१, बिहीबार
Follow Us

“सरसर्ती संसार” लिएर लन्डन उत्रिए जीवा

नेपालब्रिटेन डट कम्
२२ पुष २०७३, शुक्रबार १२:५१

लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आइपुगेका छन् । लामिछाने शुक्रवार दिउँसो हित्रो विमानस्थलमा उत्रिदा गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डित लगायतको टोलीले स्वागत गरेको थियो ।

लामिछानेको स्वागतका लागि नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीबी ढकाल, गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य लगायत विमानस्थल पुगेका थिए ।
लामिछानेद्धारा लिखित सरसर्ती संसार बेलायत विमोचन आगामी आइतबार लन्डनमा हुने विशेष कार्यक्रममा भाग लिन लामिछाने बेलायत आएका हुन् ।

इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा बिहान १२ बजे देखी हुने उक्त लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुने बताएको छ ।
सो कार्यक्रमको संयोजन बेलायतबाट संचालिन अनलाइन समाचार प्रोटल नेपालब्रिटेन डट कमले गर्ने भएको छ । उक्त दिन नियात्राकार लामिछानेले पाठकहरुको जिज्ञासाको समेत जवाफ दिने छनर ।

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले विश्वका पांचै महादेश घुम्दाका अनुभव संग्रहित ‘सरसर्ती संसार’ नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको छ ।
untitled