१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पदबाट मुक्त भएका ४ जना मन्त्रीलाई पुनर्नियुक्ति गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७७, शुक्रबार ०५:२७

काठमाडौँ । पार्टीले कारबाही गरेपछि पदमुक्त भएका ४ जना मन्त्रीलाई पुन सपथग्रहण गरेर नियुक्ति दिने तयारी गरिएको छ । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएर मन्त्री भएका चार जना मन्त्रीहरुलाई माओवादी छोडेर एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

पार्टीले कारबाही गरेर सांसदबाट पदबाट मुक्त भएका उनीहरुको मन्त्री पदपनि गएको छ । मन्त्री पद गएपछि उनीहरुलाई एमालेले छिट्टै सपथग्रहण गरेर सोही मन्त्री पदमा नियुक्त गर्ने तयारी गरिएको छ ।

त्यतिनजेलसम्म उनीहरु सिंहदरबार नजाने भएका छन् । माओवादी केन्द्रबाट चुनाव जितेका लेखराज भट्ट, प्रभु साह, टोप बहादुर रायमाझि र गौरीशंकर चौधरीले मन्त्री पदमा पुन नियुक्ति भएर सपथग्रहण गर्नु पर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरुलाई पुन नियुक्ति गर्ने तयारी गरिएको एमाले जनाएको छ । यहि व्यवस्था अनुसार मणी चन्द्र थापा र दावा लामा अहिलेपनि मन्त्री रहेका छन् ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले रायमाझी, भट्ट, साह र चौधरी त्यतिन्जेलसम्म मन्त्री हुन पाउँछन् ।