१४ बैशाख २०८१, शुक्रबार
Follow Us

३ दलको बैठक विनानिष्कर्ष सकियो

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७७, शुक्रबार १२:२०

काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष सकिएको हो ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत सहभागी भएका थिए ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ भएका थिए । त्यसैगरी बैठकमा सहभागी हुनका निम्ति जसपाबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ बूढानीलकण्ट पुगेका थिए ।