६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेको महासचिवमा डा. बास्तोलाले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७७, शनिबार ०७:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिवमा डा. मुकुन्द बास्तोलाले उम्मेदवारी दिने भएका छन् ।

बेलायतको कार्डिफ युर्निभरसिटीबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका बास्तोला गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार हुन् ।

‘एनआरएनए यूकेको सल्लाहकारको भूमिकामा रहेर संस्थाभित्र काम गर्ने अवसर पाएँ, अब थप योगदान गर्नुपर्छ’ भनेर महासचिव पदमा उम्मेदवारी दिने विचार गरेको उनले नेपालब्रिटेन डट कमलाई बताए । डा. बास्तोलाले आफ्नो उम्मेदवारी पछि एक कार्यक्रमका बीच औपचारिक रुपमा घोषणा गर्ने जानकारी दिए ।

कास्कीको पोखरामा जन्मिएका बास्तोला बेलायतको ‘जोन्सन एण्ड जोन्सन’ समूहको आर्थिक सल्लाहकार समेत हुन् ।

उनी बेलायतको सबै भन्दा पुरानो संस्था यति नेपाली एशोसियसनको महासचिव समेत छन् ।

उनले बेलायतमा हेल्थकेयर र नेपालमा हाइड्रो तथा शिक्षा क्षेत्रमा लगानी गरेका छन् ।

गैरआवासीय नेपाली यूकेको निर्वाचन आगामी जुलाई महिनामा हुदैछ । सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्नको लागि चाहनेहरुले १० जुनभित्र सदस्यता लिनु पर्ने प्रावधान छ ।