८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७७, आईतवार ०५:४२

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पार्टी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टीको १४ औँ महाधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाइएको छ । काँग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । अहिले देशभरका जिल्लाहरूमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ । काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य बनाउँदै छ ।