७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा पाँच वर्षीय नेपाली बालकले च्यारिटी दौड़मा भाग लिने

नेपालब्रिटेन डट कम्
२२ पुष २०७३, शुक्रबार १८:४८

नेपलीज व्रिटिस कम्यूनिटी यू के(NBC U.K. ) ले तीन हप्ता पहिले देखी संचालन गर्दै आईरहको लक्ष्मी प्रतिष्ठान सहयोग अभियानमा हाल सम्म युवा तथा वृद्दहरू सहभागी भइ सहयोग गर्नुभएकोमा अब वच्चाहरूले समेत NBC UK को यो सामाजीक सेवाको अभियानमा एक्येबद्दता जनाउदै सहयोग संकलन गर्नेभएका छन।

यस कार्यक्रमलाई एक्येबद्दता जनाउदै पॉच वर्षका वालक निवोध रेग्मीले आउने शनिवार (०७/०१/२०१७)का दिन बिहान ९ बजे नर्थहोल्ट पार्कमा ५ कि मी दौड गर्दै छन्। NBC UK को T Shirt लगाई लक्ष्मी प्रतिष्ठानलाई सहयोग गरौ भन्ने नारा सहित सुरू गरिने दौडमा उनि लगाएत मानित घिमिरे , ताज ओझा , ओस्कार ओझा लगाएतका बच्चाहरू पनि सहभागी भई उनलाई साथ र हौसला दिनेभएका छन।

यसै क्रममा उनको यो दौडलाई नैतिक समर्थन गर्दै हौसला र प्रोत्साहन दिन तल उल्लेखीत स- साना भाई बहिनीहरूले आफ्नो दैनिकको खाजा खर्चवाट समेत केहि पैसा कटाई सहयोग संकलन गरिसकेका छन।

भौतिक सहयोगको लागि उक्त दिन सो ठॉउमा उपस्थित भइदिन र यदि आर्थिक रूपमा सहयोग गर्न चाहेमा सहयोग को लागि वनाईएको तल दिईएको लिंकमा गई सहायता गर्न एनबिसी युकेले सबैमा अनुरोध गरेको छ । www.givey.com/nibodh