१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस पदाधिकारी बैठक सुरु, देउवा र पौडल अनुपस्थित

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७७, आईतवार १०:२५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागि छैनन्।

देउवा कार्यव्यस्तता र पौडेल कार्यक्रमको शिलशिलामा तनुहँमा भएका कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । आजको बैठकमा महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा उपसभापतिहरु, विमलेन्द्र निधि र विजय गच्छेदार, महामन्त्रीहरु शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहान्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सितादेवी यादव लगायतको उपस्थिति छ। त्यस्तै पूर्व पदाधिकारीहरुमा पूर्व महामन्त्रीदव्य कृष्ण सिटौला र प्रकाशमन सिंह र केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, रामशरण महत, अर्जुननरसिंह केसी लगायत सहभागी भएका छन् ।