७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ०५:४५

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत विषयमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई गोविन्दराज पोडेलको निधन भएका कारण बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्ने तय भइसकेको छैन । गोविन्दराज रामचन्द्रका माइला भाइ हुन् । उनी चितवनको रत्ननगरमा बस्दै आएका थिए ।

वरिष्ठ नेता पौडेलले भाइको निधनले आफुलाई एक्लो महसुस भएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘मेरा प्यारो माईला भाई गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ । मेरो राजनीति जीवनकालमा सधै सहयोगी भुमिका निर्बाह गरेका भाई गोविन्दको निधनले म आफुलाइ एक्लो भएको महशुस गरेको छु । प्रिय भाई गोबिन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।