१३ बैशाख २०८१, बिहीबार
Follow Us

फ्लोरिडा विमानस्थलमा अन्धाधुन्ध गोली प्रहार

नेपालब्रिटेन डट कम्
२३ पुष २०७३, शनिबार ०३:५४

फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाई पाँच जनाको हत्या गरेको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको सरकारी अधिकारीले बताएका छन् ।
घटनामा अरु ८ जना घाइते भएका छन् । एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । आक्रमण किन गरिएको भन्ने खुलेको छैन । सान्टियागोसँग सैनिक परिचयपत्र रहेको जनाइएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ती भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ