१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न माओवादी केन्द्रको सिफारिस

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ११:१९

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको छ। माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु ओली नेतृत्वको नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले चारैजना प्रदेशसभा सदस्यहरुलाई कारबाही स्वरुप पदमुक्त गर्न सभामुख सरोज यादव समक्ष सिफारिस गरेको हाे।

माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई कारबाही स्वरुप पदमुक्त गर्न सिफारिस गरेको हाे।

चारैजना प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइएकाे उनले बताए।नेकपा एमालेमा लागेपछि चारै जना सांसदलाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको हाे।

माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए । ती मध्ये चार जना कारबाहीमा परेका छन्।