१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘हरुवा प्रचण्ड ! तिम्रो समर्थन चाहिएको छैन, लैजाऊ फिर्ता’

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ११:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन चेतावनी दिएका छन् । उनले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने दोहोर्‍याए । पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत चुनौती दिएका हुन् ।

उनले भने, ‘मसँग बहुमत छ, किन राजीनामा दिने रु बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’ आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको बताए । यस्तै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको समेत बताएका हुन् ।

समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको समेत ओलीले बताए । यस्ता धाक धक्कुसँग आफू नडराउने समेत प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने बताए । कांग्रेस नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको बताए । उनले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप लगाए ।

यस्तै ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरे । उनले पार्टीलाई ध्वस्त पार्न खोजे भने ठीक पार्ने पनि बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’

उनले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’