७ बैशाख २०८१, शुक्रबार
Follow Us

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ७१ वर्षिय वृद्ध पक्राउ

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ११:३१

काठमाडौँ । ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।