१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानका लागि पर्यटन दुतमा स्याङजाका राजन पौडेल नियुक्त

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ११:३४

काठमाडौ । नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुत मा राजन कुमार पौडेललाई नियुक्त गरेको छ । जापान सरकारको बिभिन्न सरकारी तथा गैर-सरकारी क्षेत्रहरुमा सिधा सम्पर्क र सक्रियता रहेका राजनलाई उनको कार्यदक्षता र जापानमा रहेर उनले नेपालको लागि गरेका कामहरुको समेत मुल्याङकन गरी नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुत मा नियुक्त गरेको हो ।

स्याङ्जा जिल्लाको टक्सार मा जन्मेर पोखरामा पढे-हुर्केका राजनले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक तह र त्रिभुवन विश्वबिधालयबाट रुलर एण्ड रिजनल डेभलपमेन्टमा स्नातकोत्तर तह प्रथम श्रेणीमा पास गरेका छन। नेपाल सरकारको बिषेश अनुसन्धान ब्युरोमा करीब ५ बर्ष अनुसन्धान अधिकृतको रुपमा काम गरेका राजनले रेडियो प्रस्तोता हुँदै टेलिभिजनका कार्यक्रम संचालक तथा केही म्युजिक भिडियोहरुमा अभिनय समेत गरेका छन्।