१५ चैत्र २०८०, बिहीबार
Follow Us

१३ देशमा नेकपा एमाले (झलनाथ – माधव समुह) द्धारा समानन्तर समिति गठन, एमालेको प्रवासी नेपाली मंचहरु पुनर्गठन

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७७, सोमबार १७:५९

लण्डन । नेकपा एमालेले (झलनाथ माधव समुह)ले आफु निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेका छन । नेकपा प्रवास समन्वय कमिटिको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यतामा गठन भएका युरोपका कमिटिहरु सकृय भएका छन ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकीकृत एमाले निर्माणमा प्रवासी मंचहरुको भुमिका ठुलो रहने बताए । उनले विधि र पद्ती निर्माणका लागि पार्टी भित्र संघर्ष चलिरहेका जनाउदै आगामी दिनमा जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिए ।

एमाले उपाध्यक्ष भीम रावलले पार्टी भित्र पद्तीको लडाइ जारी रहेको बताए । प्रवास इन्चार्ज रामकुमारी झाक्रीको प्रवासी नेपाली मंचहरु गठन सहित नामावली पढेर सुनाएकी थिइन । प्रवास मध्यपुर्व इन्चार्ज श्रीप्रसाद शाहले वाँकी देशहरुमा पनि छिट्टै संगठन विस्तार गर्ने बताए । प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले संचालन गरेको कार्यक्रममा मंच युरोप सचिव सुवास पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

कहाँ कस्ले जिम्मेवारी लिए हेर्नुहोस

प्रवासी नेपाली मंच, जर्मनी अध्यक्ष कृष्ण देवकोटा, महासचिव अक्कल लामा (स्याङतान) सदस्यहरु रूपकराज काफ्ले, रबि ढुंगाना, शिबराज मरहट्टा, मनोज रायमाझी र युरोप प्रतिनिधि कुम्भराज रेग्मी छन । सल्लाहकारमा डा. नवराज रोस्यारा र दावागेल्जे शेर्पा छन ।
प्रबासी नेपाली मंच स्वीजरल्याण्ड अध्यक्ष संजय मुड़भरी उपाध्यक्ष बिदूर संग्रौला, महासचिव धर्म गुरुङ र कोषाध्यक्ष अशोक पाण्डे छन । हरी पाण्डे, सरोज यादब र एलिना पोखरेल छन । युरोप प्रतिनिधिमा सुबास पोखरेल छन ।

प्रवासी नेपाली मंच ,युके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा २५ सदस्यीय बिद्यमान कमिटीमा निम्नानुसार थप गरी प्रवासी नेपाली मंच युकेको पुनर्गठन गरिएको छ। प्रमुख सल्लाहकारमा डा. अच्युत गौतम र त्यस्तै, युरोप प्रतिनिधिमाराम प्रसाद बगाले, कृष्ण भण्डारी रबिन्द्र कणेल र उमेशराज मोक्तान छन ।
प्रवासी नेपाली मंच, बेल्जियम अध्यक्ष अर्जुन दाहाल, सचिब रमेश कंडेल, सदस्यहरु प्रकाश कार्की, बद्री लोहनी, शंकर श्रेष्ठ, कृष्ण खतिवडा, राजेन्द्र तिमल्सिना, सरोज बिक्रम केसी, शंकर बजगाई र प्रमेश कंडेल छन र युरोप प्रतिनिधि कृष्ण न्यौपाने छन ।

प्रवासी नेपाली मंच रसिया अध्यक्षमा डा. मन मुर्ति भुर्तेल, सचिव इन्द्र प्रसाद भुसाल, सदस्यहरु गणेश रामदाम, मिलन कट्टेल, मोहनलाल चापागाई, कमल सापकोटा, संज्ञान कार्की, दुर्गा बहादुर भट्टराई, हिमाल खनाल, उमेश प्रसाद, मोतिलाल भट्टराई, इन्द्रप्रसाद अर्याल, भक्तवहादुर सार्की, राजन रामदाम र शुनिल थापा छन ।

प्रवासी नेपाली मंच, स्वीडेन अध्यक्ष प्रेम गौतम, सचिब प्रदीप सापकोटा, सदस्यहरु बिनोद बाँनिया र अनुप शर्मालगायत २१ सदस्यीय छन ।
प्रवासी नेपाली मंच, साईप्रस अध्यक्षमा चिन्तन बुढा मगर, वरिष्ठ उपाध्यक्ष आयुष्मा गुरुङ, महासचिव प्रेम मिजार, सचिव गोमा माझी, कोषाध्यक्ष बुद्ध मान तामाङ छन । सदस्यहरुमा नानू लिम्बू, निर्पा साउद ,आरती देबि महतो, साइना चौधरी, यलिशा तामाङ्ग, तेज राना, सबिना राना, प्रेम मिजार, प्रबिन पुन मगर, निरोज मैनाली, विष्णु बुधाथोकी, सुनिता राना, कुमारी पुर्जा मगर, निस्मा पुन, दिलिसा थापा, राजन लिम्बू, मार्था राई, दिल माया पुन मगर, अमिसा लिम्बू, माया तामाङ र लक्ष्मी चौधरी छन ।

प्रवासी नेपाली मंच, नर्बे अध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिव जय गुरूङ, सदस्यहरुमा सन्तोष खड्का, सुमिना काफ्ले, शैलेंद्र सिग्देल, अभिशेक आचार्यलगायत १९ सदस्यीय कमिटि छन भने युरोप प्रतिनिधिमा हेमराज जोशी छन ।

प्रवासी नेपाली मंच, अध्यक्षमा आयरल्याण्ड राजन काफ्ले सचिव चिन्तामणि सापकोटा, सदस्यहरु याम बहादुर उप्रेती, भरत सुबेदी र सन्तोष शर्मालगायत छन ।
प्रवासी नेपाली मंच, पोल्याण्ड अध्यक्षमा टंक कटुवाल, महासचिव मीन बहादुर पाण्डे सदस्यहरुमा अनमोल, एसबि,मोहनकाजी थापा, दिवश पॉंचकोटी, सन्तोष शर्मा, दिब्या सुन्दास, सुर्य सुब्बा, दुर्गा मगर र पबन बास्तोला छन भने युरोप प्रतिनिधिमा शेर बहादुर परियार छन ।

प्रवासी नेपाली मंच, फिनल्याण्ड अध्यक्षमा मनोज भुसाल, उपाध्यक्षमा रुक्मिणी भट्टराई, सचिव र युरोप प्रतिनिधि नविन भट्टराई सहसचिव रामहरि भुसाल, कोषाध्यक्ष कृष्ण चौहान छन । त्यस्तै सदस्यहरुमा सुरज रानाभाट, प्रतिभा खनाल, कृष्ण प्रसाद पराजुली, अनिल ढकाल, दिपक पौडेल, सागर खरेल, हिमाल घिमिरे र सुमन खड्का छन ।
प्रबासी नेपाली मंच पोर्तुगल अध्यक्षमा रोबोट लिम्बु, महासचिवमा राज कुमार थापा, युरोप प्रतिनिधिहरुमा निराजन सुबेदी छन ।

त्यस्तै सदस्यहरुमा साइला लामा, माया खरेल, गित राना, लक्ष्मी भट्टराई, सुधिर अर्याल, हेम गुरुङ, प्रेम लिम्बु, राज कुमार लिम्बु , पेम्छिरी शेर्पा, कामना सिंह, दिपेन्द्र दंगाली, सालिक राम सुबेदी, प्रभाकर बिक्रम निरौला, राम कुमार श्रेष्ठ, मिलन थापा मगर, सेमन्त खड्का, राज गुरागाई (कृष्ण), सुबाश बस्नेत, लक्ष्मी घले, सुमन खरेल, जितेन्द्र खड्का, रुपेन्द्र धमला, रायन श्रेष्ठ, निर्माण गुरुङ, सितल लिम्बु, कोपिला थापा, बिशाल के सी छन । प्रवासी नेपाली मंच नेदरल्याण्ड अध्यक्षमा धनकुमार बोहरासहित २१ जना रहेका छन ।