१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फेरि काठमाडौं विश्वकै प्रदूषित शहर

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार ०५:५६

काठमाडौं । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको छ । शिवपुरी क्षेत्र सहित काठमाडौं आसपासका जंगलहरुमा भएको आगलागी, हावा नचल्नु, पानी नपर्दा उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएका छन् ।

हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौंको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविद्ले बताएका छन् । प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

काठमाडौँमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौँको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।