१५ चैत्र २०८०, बिहीबार
Follow Us

बलात्कारको झुटो आरोप लगाउने युवतीलाई उल्टै एक महिना कैद र ७५ हजार जरिवाना

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार ०६:०२

दाङ । घोराहीका तीन युवाले आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत दाङले एक महिना कैद सजायको फैसला सुनाएको छ ।

आफूमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि झुट्टा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको ठहर गर्दै अदालतले उनलाई एक महिना कैद सजायको फैसला सुनाएको हो ।

चैत २३ गते बसेको जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने र आरोपित तीनै जना युवालाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार रुपैयाँ उपलब्ध गराउनु पर्ने फैसला गरेको हो ।

नाबालिग भएकाले बालिकालाई भने छोडिएको छ ।

घोराहीका तीन जना युवाहरूले आफूहरूमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीको मुद्दा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरूलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेका थिए ।