१५ चैत्र २०८०, बिहीबार
Follow Us

आजदेखि ४० देखि ५९ वर्षका व्यक्तिलाई कोरोना खोप

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार ०६:०४

काठमाडौँ । आज देखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई कोरोना खोप लगाइँदै छ । चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई आजदेखि वैशाख ५ सम्म खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले जनाएको छ ।

मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाइने बताइएको छ । स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौँ ल्याएको थियो ।