१३ बैशाख २०८१, बिहीबार
Follow Us

मधेसका ४५ जना नेता एमालेमा प्रवेश, बालुवाटारमा ओलीले लगाइदिए माला र टीका

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार १४:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) मधेसका ४५ जनालाई एमालेमा प्रवेश गराएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा एक कार्यक्रमवीच मधेसका ४५ जनालाई माला र टीका लगाएर एमालेमा भित्र्याएका हुन् ।

स्रोतका अनुसार ओलीनिकट एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहले उनीहरुलाई बालुवाटार लिएर गएका थिए । बालुवाटार स्रोतका अनुसार बारालगायत तराईका विभिन्न जिल्लाका राजपा र माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको छ ।