१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल संक्रमणको डरलाग्दो अवस्थामा, बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार १४:३०

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउन सक्दै भन्दै सरकारले सतर्कता अपनाउन अपिल गरेको छ । संक्रमणले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको र चुनौती थपिँदै गएको मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

मन्त्री त्रिपाठीले सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको बताए । संक्रमण डरलाग्दो अवस्थामा पुगिएको भन्दै मन्त्री त्रिपाठीले भने, ‘संक्रमण डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’

सोही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भएको मन्त्री त्रिपाठीको भनाई छ । तर तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए ।

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यस अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव दिएको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको बताए । यसबारे कोभिड-१९व्यवस्थापन सेन्टर ९सीसीएमसी० र मन्त्रिपरिषदमा पनि छलफल भएको पनि उलखे जानकारी दिए । तर यसबारे निर्णय हुन भने बाँकी रहेको छ ।