१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७८, आईतवार ०४:१३

लन्डन । ९९ वर्षको उमेरमा गत साता निधन भएका बेलायती महारानीका श्रीमान् राजकुमार फिलिपको शनिबार अन्तिम संस्कार गरिएको छ।

कोरोनाभाइरसको महामारी चलिरहेकाले उनको अन्तिम संस्कार एकदमै थोरै मानिसलाई मात्र सहभागी गराइएको थियो। सेन्ट जर्ज च्यापलमा भएको राजकुमार फिलिपको अन्तिम संस्कार बेलायती राजपरिवारका सदस्यको यसअघि हुने अन्तिम संस्कारभन्दा फरक थियो।

अन्तिम संस्कारमा सहभागी भएकी महारानी एलिजावेथले मास्क पहिरिएकी थिइन्। आफ्ना श्रीमानलाई अन्तिम विदाइ गर्ने क्षणमा उनको साथमा अरू कोही थिएनन्। उनी एक्लै बसिरहेकी थिइन्।

अन्तिम विदाइमा राजपरिवारका अन्य सदस्य सहभागी भए पनि भौतिक दूरी कायम गरिएको थियो। अमेरिकाबाट आएका पूर्वराजकुमार ह्यारी पनि हजुरबुवाको विदाइमा सहभागी भए।

राजकुमार फिलिपको अन्तिम संस्कारमा उनले काम गरेका बेलायती सेनाका विभिन्न युनिटका प्रतिनिधिहरू पनि सहभागी थिए।