१३ बैशाख २०८१, बिहीबार
Follow Us

ट्यिुमरको उपचारका लागि दक्षिण कोरियाद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
२३ पुष २०७३, शनिबार १३:१६

पाँचथर । पाँचथरको फिदिम नगरपालिका– ८ चोकमागुकी २१ वर्षीया आशा तुम्बापोको उपचारका लागि दक्षिण कोरियास्थित तुम्बापो सेवा समाजले रु. दुई लाख ७७ हजार दुई सय सहयोग गरेका छन् ।

आशाको ठूलो आन्द्रामा ट्यिुमर पलाई आन्द्रा कुहिएर छिनेको अवस्थामा झापाको ओमसाई अस्पताल भद्रपुरमा आकस्मिक शल्यक्रिया भई अहिले थप उपचार भइरहेको छ ।

आशाको उपचारमा हालसम्म रु तीन लाख खर्च भइसकेको र अझै रु. पाँचदेखि ६ लाखसम्म खर्च हुने उपचारमा संलग्न चिकित्सकले जनाएको आशाका बाबु देशहाङ तुम्बापोले बताउनुभयो ।

आशाको जीवन बचाउन दक्षिण कोरियामा रहेका नेपालीहरुबाट सहयोग रकम सङ्कलन गरी पठाइएको तुम्बापो सेवा समाज दक्षिण कोरियाका प्रतिनिधि अर्जुन तुम्बापोले बताउनुभयो ।

कमजोर आर्थिक अवस्था भएको आशाको परिवारलाई थप सहयोग गर्न आफूहरु पनि लागिरहेको तुम्बापो सेवा समाजका केन्द्रीय सदस्य सुवास तुम्बापोले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आशाको उपचारका लागि विभिन्न स्थानबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ ।