४ बैशाख २०८१, मंगलवार
Follow Us

राप्रपा कार्यसमितिको पूर्ण बैठक स्थगित

नेपालब्रिटेन डट कम्
२३ पुष २०७३, शनिबार १३:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ३ गते सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित गरेको छ । पार्टीका पदाधिकारी तथा नेता पार्टीको स्थानीय तहको अधिवेशन र निर्वाचनमा व्यस्त रहनुपर्ने भएकाले सो बैठक स्थगित गर्न परेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

माघ २५ गते जिल्ला अधिवेशन भएपछि सोही महिनाको अन्तिम साता पार्टीको पूर्ण बैठक बस्नेछ । सो बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरी नयाँ दृष्टिकोण ल्याउने छ ।

त्यसैगरी, संविधान कार्यान्वयनका लागि मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई निकास दिन पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि सो बैठकले निर्णय गर्ने बताइएको छ ।