७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सदस्यलाई १ सय ६५ व्यवसायीक प्रतिष्ठानमा भारी छुट (कहाँ कति छुट)

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७८, आईतवार १९:१५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्यहरुको लागि नेपालका व्यवसायीक प्रतिष्ठानमा विशेष छुटको घोषणा गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार विश्वभर रहेका गैरआवासीय नेपाली संघका सदस्यहरुले नेपालका १ सय ६५ व्यवसायमा विशेष छुट पाउने भएका छन् ।

मेम्बर इन्फरमेसन सिस्टम (एमआइएस) अन्तरर्गत सदस्यता लिएका संघका राष्ट्रिय समितिका सदस्यहरुले स्वास्थ्य, शिक्षा, बैंकिङ्ग, होटल, रेष्टुरेन्ट, फेसन्, इन्सुरेन्स्, ट्राभल्स एण्ड टुर, संचार, आइटि लगायतका क्षेत्रमा डिस्काउण्ड पाउने भएका छन् । गैरआवासीय नेपाली संघको विशेष सहुलियत अभियानमा जोडिन चाहने व्यापारिक प्रतिष्ठानहरुले अनलाइन मार्फत फारम भर्न सक्ने समेत संघले जनाएको छ ।

कुन कुन क्षेत्रमा डिस्काउण्ड पाइन्छ ?